एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १६३८ जना संक्रमित • Image Khabar Image Khabar


एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १६३८ जना संक्रमित


Imagekhabar
१६ आश्विन २०७७, शुक्रबार १६:४५

एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै १६३८ जना संक्रमित

काठमाडौं, असोज १६ । पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८२ हजार ४५० पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ३ सय ७ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल सक्रिय संक्रमित २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित भएका थपिएका छन् ।

काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जना संक्रमित थपिए ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ जना पुरुष र ४ जना महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्