२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


‘सिरियल किलर’को उपमा पाएका ‘मोस्ट वान्टेड’ नसिम काठमाडौंबाट समातिए


0
Shares

काठमाडौं, असार २१ । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका कपिलवस्तुका नसिम खान पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनलाई शनिबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

‘सिरियल किलर’को उपमा पाएका खान अपहरण, फिरौती र हत्याका घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।

कपिलवस्तु निवासी खान भारतमा लुकिछिपी बस्दै आएका थिए ।

उनी पछिल्लोपटक २०७४ फागुनमा मोहम्मद रहमानको हत्या गरी फरार भएको प्रहरीको आरोप छ ।

खानविरुद्ध रहमानसहित ८ जनाको हत्या गरेको आरोप छ ।

फरार सूचीमा रहेका उनीविरुद्ध सातओटा कर्तव्य ज्यान र एउटा डाँका मुद्दा दर्ता छ ।

पक्राउ परेका खानमाथि तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग पनि लागेको छ ।