Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


सीमा नाका खोल्न माग


0
Shares

सर्लाही । नेपाल भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै नागरिक समाज सर्लाहीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

लामो समयदेखि सीमा नाका बन्द हुँदा जनजीवन जटिल र कष्टकर बन्दै गएको भन्दै नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।

सो अवसरमा नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले नेपाल–भारतबीच अन्योनाश्रित सम्वन्ध रहेकाले एक अर्का बीच परस्पर निर्भरता, नातागोता, औषधोपचार, रोजगारीलगायत विभिन्न समस्याका कारण जनजीवन कष्टकर बन्दै गएको हुँदा बाध्य भएर सीमा नाका खोल्न ज्ञापनपत्र बुझाउनु परेको बताउनुभयो ।

“दुवै देशमा निषेधाज्ञा हटिसकेको अवस्थामा कोरोना महामारीको बहानामा सीमा नाका बन्द राख्नु उचित होइन”, उहाँले भन्नुभयो, “सीमा नाका खोलेर सहज वातावरण बनाउन सरकारलाई आग्रहसहित ज्ञापन पत्र बुझाएका छौ ।”