२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


टोयोटाको एसयुभी सेग्मेन्टको ‘कोरोला क्रस’ नेपाली बजारमा


0
Shares

काठमाडौं, असोज १५ । टोयोटा गाडीको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिहीबार एसयुभी सेग्मेन्टको ’कोरोला क्रस’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले बिहीबार भर्चुअल लन्च गर्दै यो गाडी नेपाली बजारमा विक्रि सुरु गरेको हो ।

दुई भेरियन्टमा उपलब्ध यीे गाडीमा फराकिलो क्वाविन र क्लास लिडिङ लगेज स्पेश (४१८ लिटर) रहेको कम्पनीले जनाएको छ ।

यी गाडीमा सफ्ट टच सहित डयासबोर्डमा क्लिन लेआउट सामाग्री जडान गरिएको छ ।

गाडीमा एप्पल कारप्ले सपोर्टिभ नौ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पानारोमिक भ्यू मोनिटर, पावर्ड मुनरुफ, एडजस्टेबल ड्राइभर सीट लगायतका अत्याधुनिक प्रविधी समावेश रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रवन्धक महेशकुमार एमले अत्याधुनिक विशेषता सहितका आकर्षक डिजाईनमा नेपाली बजारमा उपलब्ध यी गाडीले छिट्ट नै उपभोक्ताको मन जित्ने बताउनुभयो ।

गाडीको इन्ट्री लेवलको बजार मूल्य एक करोड १२ लाख रुपैयाँ रहेको छ भने हाइ लेवलको मूल्य एक करोड ३३ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।