डडेल्धुराका सामुदायिक विद्यालय खुले • Image Khabar Image Khabar


डडेल्धुराका सामुदायिक विद्यालय खुले


Imagekhabar
१५ आश्विन २०७७, बिहीबार १२:५१

डडेल्धुराका सामुदायिक विद्यालय खुले

डडेल्धुरा । अजयमेरु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय खुलेका छन् ।

गत आइतबारदेखि भौतिक दूरी कायम गरी वैकल्पिक शिक्षाको सिकाइ सहजिकरण निर्देशिका बमोजिम स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै कोरोनाको महामारीका कारण बन्द रहेका अजयमेरु गाउँपालिका अन्र्तगतका विद्यालयहरुमा पढाइको पनिः सुरु गरिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै विद्यार्थीलाई पायक पर्ने गरी दुई समूह र फरक फरक समयमा नियमित विद्यालय खोलेपछि कोरोनाबाट प्रभावित विद्यार्थीहरु पनि खुशी भएका छन् ।

कोरोना संक्रमण दर अति जोखिमपूर्ण नरहेकाले पठनपाठन थालिएको बाल कल्याण माध्यमिक विद्यालय अजयमेरु–१ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्