२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


चोरीका १९ ओटा मोटरसाइकल बरामद, १३ जना फन्दामा


0
Shares

विशाल नेम्वाङ (इमेज)

झापा, असार २० । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट चोरी भएका १९ ओटा मोटरसाइकल बरामद गरी शुक्रबार सार्वजनिक गरेको छ ।

प्रहरीले एक हप्ताको अवधिमा ती मोटरसाइकल बरामद गरेको हो ।

मोटरसाइकल चोरीका घटना नरोकिएपछि प्रहरीले एक विशेष टोली परिचालन गरेको थियो ।

टोलीले मोटरसाइकल चोरीमा संलग्न र उनीहरुसँग मिलेमतो गर्नेसमेत गरी १३ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाको गौरादह नगरपालिका–२ का विजय चौधरी, गौरादह–८ का रोविन राजवंशी, बाह्रदशी गाउँपालिका–७ का विनोद मुर्मु, बाह्रदशी–६ का करण चौधरी, कमल गाउँपालिका–४ का केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका–१ का किरण भण्डारी, शिवसताक्षी–५ का रमेश ताजपुरीया, सोही स्थानका प्रेमबहादुर रिमाल, गौरादह नगरपालिकाका सन्त लिम्बू, सोही स्थानका प्रकाश न्यौपाने, दमक नगरपालिका–४ का बसन राई, कमल गाउँपालिका–१ का रामु दमाइँ र इलामको चुलाचुली गाउँपालिका–२ का सन्त श्रेष्ठ छन् ।

विशेष टोली परिचालन गरेपछि एक साताको अवधिमै उल्लेख्य प्रगति भएको र पक्राउ परेकाहरुबाट अरु पनि तानिने झापाका प्रहरी प्रमुख एसपी दिनेश मैनालीले बताए ।