Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


पाकिस्तान विश्वकप क्रिकेटबाट बाहिरियो


0
Shares

काठमाडौं, असार २० । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले पाकिस्तान र बंगलादेश भिडिरहेका छन् ।

लर्ड्समा जारी खेल विजयका लागि बंगलादेशले ३१६ रनको चुनौती पाएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा ३१५ रन बनायो ।

इमाम उल हकले १०० तथा बबर आजमले ९६ रन बनाए । इमाद वासिमले ४३ तथा मोहम्मद हफिजले २७ रनको योगदान दिए ।

बंगलादेशका मुस्तफिजुर रहमान एक्लैले ५ तथा मोहम्मद साइफुद्दिनले ३ विकेट लिए ।

६ रनभित्रै बंगलादेशलाई हराउन सकेको भएमात्र पाकिस्तान सेमिफाइनलमा पुग्ने थियो । बंगलादेशले ६ भन्दा बढी रन बनाइसकेको छ ।

न्यूजिल्यान्ड सेमिफाइनलमा

योसँगै पाकिस्तान विश्वकपबाट बाहिरिँदा न्यूजिल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अष्ट्रेलिया र भारतले शनिबार अन्तिम खेल खेलेपछिमात्र सेमिफाइनल समीकरण पूरा हुनेछ ।

इंग्ल्यान्डले तेस्रो तथा न्यूजिल्यान्डले चौथो स्थानमा रहेर सेमिफाइनलमा ठाउँ बनाएको हो ।

शनिबार दिउँसो १३ अंकको भारतले श्रीलंकासित र साँझ १४ अंकको अष्ट्रेलियाले दक्षिण अफ्रिकासित खेल्दैछ ।

सेमिफाइनलमा शीर्ष स्थानमा रहने टिमले चौथो स्थानमा रहने टिमसित र दोस्रो स्थानको टिमले तेस्रो स्थानको टिमसित खेल्नेछ ।