२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


खोटाङमा सरकारले कृषिमा दिने अनुदान प्याकेज लिन फाराम भर्नेको भीड


0
Shares

खोटाङ । पछिल्लो समय कृषि पेशालाई आधुनिक तवरले उपयोग गर्दै आएका खोटाङका कृषक कृषि पेशामै आत्मनिर्भर बन्ने प्रयास गर्दै आएका छन् ।

कोरोनाको कहरसँगै कृषि ज्ञानकेन्द्र खोटाङले स्वास्थ्य मापदण्डको ख्यालै नगरी कार्यालय सञ्चालन गर्दा कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।

कृषि ज्ञान केन्द्र खोटाङमा नेपाल सरकारले उपलब्ध गराएको विभिन्न शिर्षकमा अनुदानको प्याकेज ल्याएसँगै कृषि पेशा अंगाल्नका लागि माग फारम भर्ने सेवाग्राहीकोे भीड लागेको छ ।

कोरोना भाइरस फैलिइरहेका बेला कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको ख्यालै नगरी कर्मचारी तथा सेवाग्राहीले सावधानी अपनाएका छैनन् ।

कार्यालयको लापरवाहीले गर्दा संक्रमण फैलिने भन्दै अझै जनतामा चेतनाको कमी रहेको सेवाग्राहीको भनाइ छ ।

यता माग फारम भर्ने अन्तिम समयमा सेवाग्राहीको केही चाप भएपनि व्यवस्थित गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त कार्यालय प्रमुख हरिकुमार राईको भनाइ छ ।

नयाँ ब्लक विकास कार्यक्रममा ५० प्रतिशत र कृषि व्यवसाय प्रवद्धनका विभिन्न शिर्षकमा ७० प्रतिशतको अनुदान आह्वान गरिएकोे निमित्त कार्यालय प्रमुख राई बताउनु हुन्छ ।

बिना मास्क हिड्डुल गर्ने सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गर्दै आएको छ ।

तर कृषि ज्ञान केन्द्र खोटाङले स्वास्थ्यको ख्याल नगरी कार्यालय सञ्चालन हुनु स्वास्थ्य मन्त्रालयको निर्देशन र आम नागकिको स्वास्थ्यप्रति खेलवाड हो ।