२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


आधुनिक हतियार र गोलीसहित चन्दका कार्यकर्ता समातिए


0
Shares

संखुवासभा, असार १९ । संखुवासभाको सिलिचोङ गाउँपालिकाबाट आधुनिक हतियार र गोलीसहित नेत्रविक्रम चन्द नेतृत्वको समूहका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

गएको सोमबार सिलिचोङ–१, सिसुवाको होयेंङलामा प्रहरी र चन्दका कार्यकर्ताबीच दोहोरो ‘फाइरिङ’ भएपछि प्रहरीले खोजी गर्नेक्रममा निमदोर्जी तामाङ पक्राउ परेका हुन् । उनी जंगलतर्फ भागेका थिए ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–७ घर भएका उनी मंगलबार पक्राउ परेका हुन् । प्रहरीले बिहीबार जानकारी दिएको हो ।

उनकै सूचनाका आधारमा ओढारमा लुकाएर राखिएको एक राउन्ड गोली लोड भएको एसएलआर राइफल, १० राउन्ड गोली, एलएमजीको म्याग्जिनसहित २० राउन्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै, ‘सर्च’काक्रममा झोलामा पोको पारी राखिएको एसएलआर राइफलको ५४ राउन्ड गोली, विस्फोट गराउन प्रयोग गरिने सामग्रीहरुसमेत बरामद भएको पनि प्रहरीले जनाएको छ ।