Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


किर्ते कागज बनाएर ठग्ने नाडेप लघुवित्त वित्तीय संस्थाद्धारा गल्ती भएको स्वीकार


0
Shares

बिर्तामोड । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयबाट कमजोरी भएको स्वीकार गरेको छ ।

बिर्तामोडमा उपशाखा कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले विभिन्न महिला सदस्यको नाममा किर्ते कागज बनाई २३ लाख ६२ हजार ६ सय ९१ रुपैयाँ हिनामिना गरेको कार्यालयले स्वीकार गरेको छ ।

इमेज टेलिभिजनबाट समाचार प्रसारण भएपछि कार्यालयका प्रमुख कार्यकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले ध्यानाकर्षण पत्रमार्फत संस्थाको बिर्तामोड उपशाखाका कर्मचारीले गल्ती गरेको स्वीकार गर्नु भएको छ ।

झापामा ६ वटा कार्यालय रहेको र उपशाखा बिर्तामोडबाट प्रमुखको जिम्मेवारीमा रहेका डम्बरबहादुर राजवंशीले संस्थाको नीति नियम विपरित कम ब्याज असुली देखाई गैरकानूनी रुपमा एक लाख सात हजार सात सय ६७ रुपैयाँ हिनामिना गरेको, आन्तरिक लेखा परीक्षण कार्यमा अवरोध गरेको एवम्, आन्तरिक लेखा परीक्षकलाई कुटपिट गर्ने कार्यमासमेत संलग्न भएकाले उनलाई गत २०७६ साल कात्तिक १४ गतेबाट वर्खास्त गरिएको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

घटना सार्वजनिक भएसँगै नाडेप लघुवित्त संस्थाविरुद्ध महिलाहरुले बिर्तामोडस्थित उपशाखा कार्यालयमा घेराउ गरेका थिए ।