
काठमाडौं, असार १९ । सांस्कृतिक संस्थानले हरेक महिनाको तेस्रो बिहीबार एकल कवितावाचन कार्यक्रम गर्दै आएको छ ।
यसैक्रममा बिहीबार भएको कार्यक्रममा युवाकवि मीनकुमार नवोदित श्रेष्ठले १२ ओटा कवितावाचन गरे ।
कार्यक्रममा सांसद खेम नेपाली तथा प्राज्ञ गंगा सुवेदीले कवि मीनकुमारकाबारेमा चर्चा गरेका थिए ।
विराटनगर निवासी मीनकुमार पेसाले सन्चारकर्मी हुन् ।
कवितावाचनपछि वरिष्ठ कवि एवं प्राध्यापक तुलसी दिवसले कवि मीनकुमारलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्