२ असार २०८२, सोमबार | Tue Jun 17 2025


दुर्गा घिमिरेलाई समाज सेवा पुरस्कार


0
Shares

पोखरा, असोज १२ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्दै आएको हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ ।

समितिले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख एक हजार रुपैयाँ राशिको पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको हो ।

महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा विगत चार दशकदेखि घिमिरेले पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार दिने निर्णय भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

यो पुरस्कार नेपालमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।

प्रथमपटक २०७३ सालमा वरिष्ठ संस्कृतिविद्, शताब्दीपुरुष सत्यमोहन जोशी र दोस्रोपटक २०७५ मा गलेश्वर पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजलाई यो पुरस्कार दिइएको थियो ।