काठमाडौं, असोज १२ । सरकारले पिसिआर परिक्षणका लागि तोकेको नयाँ शुल्कको निर्देशनलाई निजी प्रयोगशाला तथा अस्पतालहरुले नमान्ने अडान लिएका छन् ।
स्टार, ह्याम्स, बि एण्ड बि सहित ८ वटा निजी प्रयोगशाला तथा अस्पतालहरुले संयुक्त विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ठोस निर्णय नआउन्जेलसम्म पिसिआर परीक्षणको शुल्क ३८ सय ९९ रुपैयाँ लिने अडान लिएका हुन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारण गरेको यो शुल्क यर्थाथपरक नै रहेको दाबी गर्दै उनीहरुले मन्त्रालयसँग छलफलका क्रममा सन्तुलित र न्यायोचित दर रेट निर्धारण गर्नुपर्ने माग राखेका छन् ।
मन्त्रालय पनि शुल्क निर्धारणका विषयमा सकारात्मक देखिएको निजी प्रयोगशालाहरुले जनाएका छन् ।
सुरुमा कायम गरेको अधिकतम शुल्क ५५ सय रुपैयाँलाई घटाएर ४४ सय कायम गरेको शुल्कलाई मन्त्रालयले गत भदौ २८ गते २ हजार रुपैयाँमा निर्धारण गरेपछि निजी प्रयोगशालाहरुले आपत्ति जनाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्