
कञ्चनपुर, असोेज ११ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको अनुगमन गरेको छ ।
कोरोना महामारीका बेला कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आइतबार अनुगमन गरेको हो ।
आयोगका सदस्य पाठकले कोरोनाका बेला कैदी बन्दीहरुको बाँच्न पाउने अधिकार र स्वास्थ्य अबस्थाबारे जानकारी लिएको बताउनुभयो ।
केन्दीबन्दीहरुले सामाजिक दूरी कायम गरी मास्क, सेनीटाइजर लगायतका सामग्रीको प्रयोग गर्नुपर्ने भएपनि त्यसको व्यवस्था नभएको बताएका थिए ।
९५ जनाको क्षमता रहेको कञ्चनपुर कारागारमा हाल ३ सय ६३ जना कैदीबन्दी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्