Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘आइफा अवार्ड गर्न सरकारी ढुकुटीबाट रकम खर्च गर्ने निर्णय गलत’


0
Shares

काठमाडौं, असार १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एनपी साउदले नेपालमा ‘आइफा अवार्ड’ गर्न सरकारी ढुकुटीबाट रकम खर्च गर्ने निर्णय गलत भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले पर्याप्त अध्ययन र तयारीबिना निर्णय गरेको आरोप पनि लगाए ।

नेपाली चलचित्रका निर्माता तथा नायक नवल खड्काले संसदको अन्तर्राष्ट्रिय समितिले आइफा अवार्ड नगर्न भने पनि सरकारको विश्वास नभएको बताए ।

कुनैपनि विदेशी कार्यक्रम गर्दा सरकारले स्थान, सुरक्षा र आतिथ्यता प्रदान गर्नु उचित भएपनि त्यसको सहआयोजक नै बन्नु गलत भएको उनको धारणा थियो ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भने आइफा अवार्ड स्थगन गर्दा विस्तारै सुध्रन लागेको नेपाल–भारत सम्बन्ध पनि बिग्रने दाबी गरे ।