Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै, १३ लाख महिलाले सेवा लिएको तथ्यांक


0
Shares

काठमाडौं । आज(शनिबार) राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ ।

सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता: कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता भन्ने नाराका साथ आज छैटौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको हो ।

१८ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन गराउनुपर्ने आवश्यकता भएका महिलाले सेवा लिन सक्ने गरी कानुनी मान्यता प्राप्त भएको थियो ।

नेपालमा गर्भपतन सेवालाई कानुनी मान्यता दिएपछि १३ लाख भन्दा बढि महिलाले सेवा लिएको तथ्यांक छ ।

सरकारले सुरक्षित गर्भपतन अपराध नभइ महिलाको प्रजनन् अधिकार भएको बताएको छ ।

तर अहिलेपनि ५८ प्रतिशत महिलाले असुरक्षित सेवा लिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

नेपालमा १५ सय भन्दा धेरै स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सम्बन्धि सेवा उपलब्ध छ ।

महिलाले नचाहेको १२ हप्ता सम्मका र भ्रुणमा खराबी वा बाँच्न नसक्ने लगायत वंशाणुगत रोग आउने सम्भावना भएमा, बलत्कार तथा हाडनाता करणीका १८ हप्ता सम्मका गर्भपतन गराउन पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा व्यवस्था छ ।