२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हटपट चाउचाउ बजारमा, श्रृंखला खतिवडा ब्राण्ड एम्बेस्डर


0
Shares

काठमाडौं । पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ ।

लामो समयको अनुसन्धान पछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको हो।

उपभोक्ताको रोजाइलाई मध्य नजर गर्दै अन्तर्राष्ट्रिय स्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले भने, ’करिव डेढ वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौं।’ कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।

पहिलो , ’हटपट चिकन गोरमेट स्पाइसी’ सुपी नुडल्स हो। जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ। यो खासै पिरो छैन्। त्यसैले सबै उमेरका व्यक्तिहरूलाई यो सुहाँउदो छ। यसमा सिजनिङ पाउडरसँगसँगै ड्राइ भेजिटेवलको प्याकेट हुन्छ।

दोस्रो, ’हटपट’ टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाइ स्पाइसि पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ। टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो ।

यसै विषयमा कम्पनीले ’हटपट’ नुडल्स सिरिज सबै उत्पादनहरूको लागि पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई अनुवन्ध गरेको छ।

एक त उहाँ सबै उमेर र क्षेत्रका नेपालीहरुको माझमा लोकप्रिय हुनुहुन्छ। अर्को यी उत्पादनहरू भविष्यमा नेपाल बाहिर पनि निर्यात गर्ने योजना भएकाले हामीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका नेपाली हुँदा राम्रो हुन्छ भन्ने लागेर उहाँ लाई छानेका हौं, अध्यक्ष पाण्डेले भने।

’हटपट’ चाउचाउ सिरिजको ब्राण्ड एम्बेस्डर बनेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ खतिवडाले भनिन् ’हटपट’ नुडल्स स्वाद र गुणस्तरमा विश्वस्तरिय छ ।

पहिले महँगो पैसा तिरेर अरू अन्तराष्ट्रिय ब्राण्डहरू नै खोज्नुपथ्र्यो भने अब ’हटपट’ले अत्यन्त सुलभ मुल्यमा नेपालमै सोही गुणस्तर उपलब्ध गराउँदै छ।

’हटपट’ले नेपाली नुडल्सलाई अन्तराष्ट्रिय स्तरमै अझै प्रख्यात बनाउनेछ भन्ने विश्वास लिएकी छु। उनले पोखरा नुडल्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन्।

उनले नेपाली ब्राण्ड विदेशी मुलुकहरूमा चिनाउन पहल गर्ने बताइन्। श्रृंखला खतिवडाले नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन् ।