संचारकर्मी ईश्वरी र राजेन्द्रको गीतमा धुमधाम नाचे चार सेलिब्रेटी(भिडियो) • Image Khabar Image Khabar


संचारकर्मी ईश्वरी र राजेन्द्रको गीतमा धुमधाम नाचे चार सेलिब्रेटी(भिडियो)


Imagekhabar
७ आश्विन २०७७, बुधबार १०:१०

संचारकर्मी ईश्वरी र राजेन्द्रको गीतमा धुमधाम नाचे चार सेलिब्रेटी(भिडियो)

काठमाडौं । संचारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्बजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द रहेको गीतमा संचारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ ।

राजेन्द्र स्वयंमको संगीत रहेको गीतले माया गर्ने जोडीहरुमा उत्पन्न हुने शंकाको बिषयमा चर्चा गर्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायक तथा मोडल पल शाह, नायिका बर्षा शिवाकोटी, सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । सञ्चारकर्मी बरालका यसअघि ‘हरेक रात सपनीमा’, ‘लभ पर्न सक्छ’ लगायतका गीत चर्चामा रहेका छन् ।

गीतले सार्बजनिक भएको छोटो समयमै लोकप्रियता कमाएको छ । सार्बजनिक भएको २४ घन्टा नबित्दै ३ लाख ८० हजार भ्यूअर सहित युटुब टेन्डिङको २५ औं नम्बरमा आइपुगेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्