प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार सुरुवात • Image Khabar Image Khabar


प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार सुरुवात


Imagekhabar
६ आश्विन २०७७, मंगलवार १३:०३

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार सुरुवात

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार सुरुवात गरेको छ ।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा सिटीले गएराति वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–१ ले पराजित गर्‍यो ।

म्यान सिटीका लागि केभिन डे ब्रायन, फिल फोडेन र ग्याब्रियल जिससले एक एक गोल गरे । पराजित टोली वुल्भरह्याम्पटनका राउल जिमिनेजले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाईटेडलाई १–० ले हराएको छ ।

जारी सिजनको प्रिमियर लिगमा शेफिल्डको यो लगातार दोस्रो हार हो भने एस्टन भिल्लाको पहिलो खेलमा पहिलो जित हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्