राज सायमिको पामिलाको अडियो बुक सार्वजनिक • Image Khabar Image Khabar


राज सायमिको पामिलाको अडियो बुक सार्वजनिक


Imagekhabar
६ आश्विन २०७७, मंगलवार १०:४५

राज सायमिको पामिलाको अडियो बुक सार्वजनिक

काठमाडौं । नेपालभाषाका लोकप्रिय उपन्यासकार राज सायमिको सामाजिक उपन्यास ‘पामिला’को अडियो बुक सार्वजनिक भएको छ ।

कुतः पिकाकःले आफ्नो २३८ औं प्रकाशनका रुपमा दुई बर्षअघि यो उपन्यास सार्वजनिक गरेको हो ।

समाजको कारुणिक चित्रण रहेको उपन्यास ‘पामिला’को अडियो बुकमा आवाज रेडियोकर्मी सुरजवीर बज्राचार्य रहेको छ भने निर्माण पनि उनले नै गरेका हुन् ।

जासुसी उपन्यासको क्षेत्रमा स्थापित सायमिको ‘योम्ह शत्रु’, ‘मखुगु रहस्य’, ‘ग्यानापुगु छेँ’, ‘कनेमज्यूगु बाखं’, ‘मुसुकाःगु ख्वबि’, ‘न्ह्यायेदुगु सर्गः’, ‘मृत्यु महल’ र नेपाली भाषाको ‘पर्दाभित्रको रहस्य’ प्रकाशन भइसकेका उपन्यासहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्