नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिमण्डल हेरफेर गर्न सक्ने « Image Khabar


नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिमण्डल हेरफेर गर्न सक्ने


Imagekhabar
६ आश्विन २०७७, मंगलवार ०८:५०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो गोप्य छलफल भएको थियो ।

पेरिसडाँडामा हिजो बस्ने भनिएको सचिवालय बैठक आजका लागि सारेर दुई अध्यक्षबिच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ ।

आजको सचिवालय बैठकपछि नै मन्त्रिपरिषद हेरफेर गर्ने गरी दुई अध्यक्षबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्