नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने • Image Khabar Image Khabar


नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने


Imagekhabar
५ आश्विन २०७७, सोमबार ११:३१

NCP secretariate meeting in perisdada cabinet reform

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले ट्वीट गर्दै पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने तय भएको बैठक भोलि मध्यान्ह १२.३० बजे बालुवाटारमा बस्ने तय भएको उल्लेख गर्नुभएको छ ।

हिजो सरकार हेरफेरमा सहमति भएको सचिवालय बैठकमा आज को को मन्त्री भन्ने विषयमा छलफल हुने तय भएको थियो ।

सचिवालयका सदस्यहरुले राम्रा काम गर्नेहरुलाई निरन्तरता दिदै विवादित मन्त्रीहरुलाई बिदाइ गर्न सुझाएका थिए ।

नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने
प्रतिक्रिया दिनुहोस्