२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


२६ थान मोटरसाइलसहित चार जना पक्राउ


0
Shares

चितवन, असार १५ । जिल्ला प्रहरी कार्यालय चितवनले २६ थान मोटरसाइल सहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाहरुमा भरतपुर–२१ का २१ वर्षीय रोहित श्रेष्ठ, बारा कलैयाका १९ वर्षीय कृष्ण साह, कलैया–३ का १८ वर्षीय महावीर चौधरी र १४ वर्षीय भारतीय नागरिक राजा कुमार रहेका छन् ।

प्रहरीले शारदानगरस्थित रोहित मोटर साईकल वर्कशपमा छापामारी विभिन्न कम्पनीका २६ वटा मोटरसाईकल, ईन्जिन नभएको च्यासिस ८ थान, ईन्जिनको ढिक्का ६ थान, मेटिएको च्यासिस ३ थान, ईन्जिन २ थान, मोटरसाइकलको बिलबुक ५३ थान, एक बोरा सादा नम्बर प्लेटहरु बरामद गरेको थियो ।

बरामद गरिएका सामाग्रीहरु नेपाल र भारतमा चोरी भएका मोटरसाइकलहरु बेचबिखन तथा पाटपुर्जा परिवर्तन गर्ने कार्य गर्ने गरेको प्रहरीले जनाएको छ ।