Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पुँजिपति रिसाउँला भनेर समाजवादको बाटोमा लाग्न मोलाहिजा नगरौंः रामचन्द्र पौडेल


0
Shares

congress ramchandra poudel

काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुँजीपति रिसाउँछ कि भनेर पार्टीले मोलाहिजा गर्न नहुने प्रष्ट गर्नुभएको छ ।

जनताले बुझ्ने भाषामा समाजवादको व्याख्या गर्नुपर्ने भन्दै पौडेलले भन्नुभयो, ‘कांग्रेसको समाजवाद भनेको गरीबको हितका लागि हो, दलितको पक्षमा हो, श्रमिकको साथी समाजवाद हो, किसानको विचार समाजवाद हो ।’

गणेशमान सिंहको स्मृति दिवसका अवसरमा गरिएको अर्चुअल कार्यक्रममा पौडेलले पार्टीको झण्डा व्यापारका लागि प्रयोग भएको भन्दै पार्टीको लोगो र झण्डालाई व्यापार व्यवसायमा प्रयोग गर्ने क्रम बढ्नु दुःखद हो भन्नुभयो ।

पार्टीका सबै नेता–कार्यकर्ताले समाजवादी आचरण र व्यवहार देखाउनुपर्ने भन्दै उहाँले आउँदो चुनाव जित्नका लागि कांग्रेसलाई समाजवादमा खरो उतार्नु आवश्यक भएको पनि बताउनुभयो ।

कम्युनिष्टसँग खरो रुपमा बहसमा उत्रनुपर्ने आवश्यकता औल्याउँदै पौडेलले उनीहरुले झूठको व्यापार गरिरहेको बताउनुभयो ।

कम्युनिष्टलाई सिद्धान्तको बहसमा उत्रार्न सकेमात्र कांग्रेसको जीत हुने भन्दै पौडेलले भन्नुभयो, ‘सिद्धान्तको लडाइ नथाले कम्युनिस्टसँग प्रतिष्पर्धामा उत्रनै सकिदैन । उनीहरुसँग पैसा, राज्यसत्ता सबै छ, अब कम्युनिस्टलाई परास्त गर्न सकिदैन ।’

गरीबको हित सुरक्षा नगरी पुँजीपतिको सुरक्षा हुँदैन भन्ने विश्वास पुँजीपतिलाई दिलाउनुपर्ने दायित्व पनि कांग्रेसको भएको उहाँको भनाइ थियो ।