काठमाडौं उपत्यकामा ७६७ सहित १३२५ जना कोरोना संक्रमित थपिए • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा ७६७ सहित १३२५ जना कोरोना संक्रमित थपिए


Imagekhabar
४ आश्विन २०७७, आईतवार १६:४६

काठमाडौं उपत्यकामा ७६७ सहित १३२५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण भएको बताउनुभयो ।

२४ घण्टामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ६४,१२२ जना छन् ।

स्वास्थ्य अनुसार पछिल्लो २४ घण्टामा ९६६ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४६२३३ रहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्