बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ४ सय २ पुग्यो • Image Khabar Image Khabar


बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ४ सय २ पुग्यो


Imagekhabar
४ आश्विन २०७७, आईतवार ०९:१३

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ४ सय २ पुग्यो

काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभएको छ ।

भदौ २० गते स्वास्थ्यमा समस्या आएसंगै भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका श्रेष्ठको दुबै फोक्सोमा निमोनिया भएर मृत्यु भएको बताइएको छ ।

योसंगै नेपालभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय २ पुगेको छ । हिजो मात्र स्वास्थ्य मन्त्रालयले ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

हिजो देशभर १ हजार २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ ।

काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन । यस्तै, हिजो १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्