२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


भक्तपुरमा महिलाको विभत्स हत्या


0
Shares

भक्तपुर, असार १५ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आइतबार एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । 

ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिए ।

ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेड तले घरमा बस्दै आएकी भट्टराईको हत्या भएको हो ।

प्रहरी उपरीक्षक प्रधानले प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको अवस्थामा बिहान करीब १०ः३० बजेपछि मोटरसाइकलमा आएका तीन युवा घरभित्र पसेर हत्या गरेको पाइएको बताए ।

प्रहरीले घटनाको दिउँसो १ बजेमात्रै जानकारी पाएपछि प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखाको टोलीले घटनास्थलको अनुसन्धान गर्दै मुचुल्का उठाउने काम गरेको उनले जानकारी दिए ।

कोठाभित्रै गएर हत्या भएको जानकारी दिँदै उनले हत्यामा संलग्नको खोजी भइरहेकोे बताए । (रासस)