आईपीएलमा चेन्नाई सुपर किंग्सको विजयी सुरुआत • Image Khabar Image Khabar


आईपीएलमा चेन्नाई सुपर किंग्सको विजयी सुरुआत


Imagekhabar
४ आश्विन २०७७, आईतवार ०७:३१

आईपीएलमा चेन्नाई सुपर किंग्सको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजय सुरुआत गरेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई चेन्नाईले ५ विकेटले पराजित गरेको हो ।

युएईको अबुधाबीमा शनिबार भएको उदघाटन खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नाईले १९ दशमलब २ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

चेन्नाईका लागि अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले अविजित रहदै ५५ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

मुम्बईका लागि सौरव तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्वीन्टन डि कक ३२ रनमा पेभेलियन फर्किएका थिए ।

केरोन पोलार्ड १८ तथा सूर्य कुमार यादव १७ रनमा आउट भए । कप्तान रोहित शर्मा १२ रन बनाउँदा पहिलो विकेटको रुपमा आउट भएका थिए ।

चेन्नाईका लागि लुंगि एनगिडीले तीन विकेट लिँदा दीपक चहार र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्