३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक


0
Shares

काठमाडौं, असोज २ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघि सारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति बैंकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन लागेको हो ।

‘आर्थिक विकासका निम्ति वित्त’ शीर्षकमा बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय साधनको विविधीकरण, वित्तीय क्षेत्रमा पहुँच विस्तार तथा कोभिड–१९ को महामारीले सृजना गरेको परिस्थितिबाट अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने नेपाल सरकारका प्रयासमा सघाउन उक्त ऋण स्वीकृत गरिएको बैंकको वासिङ्टनस्थित प्रधान कार्यालयले शुक्रबार जनाएको छ ।