काठमाडौं, असार १४ । ‘मिस हिमालय नेपाल वर्ल्ड २०१९’ को उपाधि सुरक्षा सुवेदीले हासिल गरेकी छिन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा १३ प्रतिस्पर्धीलाई उछिन्दै सुवेदीले मिस हिमालय नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।
उपाधिसँग उनले नगद ५० हजार रुपैयाँ एउटा स्कुटर प्राप्त गरिन् ।
यस्तै, ‘सुपर मोडल नेपाल’को उपाधि कविता घले, ‘मिस पोलो इन्टरनेसनल’को उपाधि वर्षा शाह र ‘मिस फ्रेन्डसिप’को उपाधि सोनिया श्रेष्ठले जितेका छन् ।
उपाधि विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने आयोजकको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्