सुनको मूल्य वृद्धि • Image Khabar Image Khabar


सुनको मूल्य वृद्धि


Imagekhabar
२ आश्विन २०७७, शुक्रबार १६:१५

सुनको मूल्य वृद्धि

काठमाडौं, असोज २ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलाको चार सय रुपैयाँले बढेको छ ।

नेपाली बजारमा छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ ।

छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्