पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सञ्चार सामग्रीसहित धर्ना • Image Khabar Image Khabar


पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सञ्चार सामग्रीसहित धर्ना


बिराज रोस्यारा (इमेज)
२ आश्विन २०७७, शुक्रबार १६:१५

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सञ्चार सामग्रीसहित धर्ना

कैलाली, असोज २ । सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूलगेटमा धर्ना दिइएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले सञ्चार सामग्री प्रदर्शन र टाउको तथा हातमा कालोपट्टी बाँधेर प्रशासनको मूलगेटमा धर्ना दिएका हुन् ।

धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले सञ्चारगृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्नुभयो ।

उहाँले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा नल्याएसम्म सडक संघर्ष जारी राखिने बताउनुभयो ।

समाचारको विषयलाई लिएर गएको शुक्रबार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचारकक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो ।

त्यसपछि आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्