सुनको मूल्य घट्यो • Image Khabar Image Khabar


सुनको मूल्य घट्यो


Imagekhabar
१ आश्विन २०७७, बिहीबार १४:२५

सुनको मूल्य घट्यो

काठमाडौं, असोज १ । दुईदिन स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य बिहीबार तोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्