
काठमाडौं । हिमालयन म्यूजिक एकेडेमीले आयोजना गर्न लागेको अनलाइन टयालेन्ट शोको तयारी अन्तिम चरणमा पुगेको छ ।
एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेरका अनुसार प्रतियोगितामा गायन, नृत्य, स्ट्याण्डअप कमेडी, लगायतका विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा सहभागिता जनाउन १८ सेप्टेम्बर भित्र रजिष्ट्रेसन गरिसक्नुपर्ने र प्रतियोगीतामा सहभागिता जनाउने प्रतिस्पर्धीहरुले भिडियो वा अडियो सामाग्री २ देखि ५ मिनेटसम्मको हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धा प्रथम हुनेलाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर पुरस्कार दिइनेछ ।
नोभेम्भर २१ तारिखमा सम्पन्न हुने प्रतिस्पर्धाको जजका रुपमा लोकप्रिय नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलुगं र गोपी दाहाल रहेका छन् । त्यस्तै जुरीका रुपमा कान्छीमाया सुब्बा र सन्तोष रामदाम रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्