Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘नेपालको ‘इमिग्रेसन’ कुन देशले चलाउँछ ?’


0
Shares

काठमाडौं, असार १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले शान्तिपूर्णरुपमा विरोध गर्न पाउने नागरिक अधिकारको हनन् गरेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले कालोझन्डा देखाउँदा नागरिकले मृत्युवरणसम्म गर्नुपरेको भन्दै ‘सामान्य नागरिक अधिकार पनि हनन् गर्न खोजिएको हो ?’ भन्ने प्रश्न गरे ।

यस्तै, विशेष समय लिएर बोल्दै राजपा नेपालका सांसद राजकिशोर यादवले अमेरिकी नागरिकलाई एअरपोर्टबाट फर्काउने काम गलत भएको भन्दै ‘नेपालको ‘इमिग्रेसन’ कुन देशले चलाउँछ ?’ भन्दै प्रश्न गरे ।

उनले ‘नेपाल स्वतन्त्र राष्ट्र भएपनि सरकारको लाचारीपनले देशले स्वाभिमान गुमाउँदै गएको छ’–भने ।

शून्य समयमा बोल्ने सांसदहरुले वर्षात्को समय सुरु भइसक्दा पनि बाढी–पहिरोप्रति सरकारको पूर्व तयारी नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।