८ प्रहरीसहित गण्डकी प्रदेशमा ५० जनामा कोरोना संक्रमण « Image Khabar


८ प्रहरीसहित गण्डकी प्रदेशमा ५० जनामा कोरोना संक्रमण


Imagekhabar
३१ भाद्र २०७७, बुधबार १०:०३

पोखरा । कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

कास्कीमा थपिएकामध्ये २८ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् ।

त्यस्तै गोरखामा १३, बाग्लुङमा ३ र तनहुमा ५ जना नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको विज्ञप्तिका अनुसार पोखरामा थपिएकामध्ये ८ जना नेपाल प्रहरीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्