
काठमाडौं । पूर्व प्रधान न्यायाधीश अनिरुद्रप्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ । सिंहको हिजो बेलुका काठमाडौंको बत्तिसपुतलीमा निधन भएको हो ।
विक्रम संवा १९७६ मा जन्मिुनभएका सिंहको निमोनियाका कारण निधन भएको चिकित्सकहरुले जनाएका छन् ।
पहिले प्रधान न्यायालयका रुपमा काम कारबाही भइ रहेको अवस्थामा २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा सिंहले न्यायालयको नेतृत्व गर्नु भएको थियो ।
उहाँले झापा गोश्वाराको हाकिमको रुपमा जागिरे जीवनको सुरुवात गर्नु भएको थियो ।
२०१३ सालमा सर्वोच्च अदालतकोे प्रधान न्यायाधीशको रुपमा नियुक्त हुनु भएका सिंहले करिब ३ वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्