२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


बलात्कारको आरोपमा सैनिकजवान समातिए


0
Shares

डोटी, असार १३ । जबर्जस्ती करणी गरेको आरोपमा डोटीमा एक नेपाली सेनाका जवान पक्राउ परेका छन् ।

जिल्लाको सायल गाउँपालिकामा एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँमा स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नै नाताकी महिलालाई निज विष्टले जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको बताए ।

विष्ट नेपाली सेनाको कुमारी दल गुल्म सुपारीटार ब्यारेक हेटौंडामा जवान पदमा कार्यरत् छन् ।

प्रहरी निरीक्षक सुरेन्द्र बमकाअनुसार यही असार ८ गते राति सो घटना भएको थियो ।

पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धान थालिएको छ । रासस