२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


चिट्ठासहित भारतीय युवक पक्राउ


0
Shares

सुरुंगा, असार १३ । चिट्ठासहित एक भारतीय नागरिक शुक्रबार भद्रपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल, दार्जिलिङ जिल्ला, डेङगुजोत निवासी  २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगरनजिकैबाट पक्राउ गरिएको हो ।

उनको साथबाट प्रहरीले पश्चिम बंगाल र नागाल्यान्ड ‘स्टेट’ कम्पनीको १२० ठेली चिट्ठा (लट्री) बरामद गरेको छ ।

पछिल्लो समय नेपाली सीमावर्ती बजारमा भारतीय चिट्ठा (लट्री) बेचविखन गर्ने कारोबारीको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ ।

नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोबार बढेसँगै नेपालीको लाखौं रुपैयाँ भारत गइरहेको छ ।

चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमतिमाबाहेक कसैले पनि चिट्ठाको खरिद–बिक्री गर्ने काम गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ । रासस