महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि • Image Khabar Image Khabar


महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि


Imagekhabar
३० भाद्र २०७७, मंगलवार १०:१२

महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”रासस

प्रतिक्रिया दिनुहोस्