अफगानिस्तानमा तालिवानीद्वारा आक्रमण, पूर्व सिनेट सदस्यसहित ६ जनाको मृत्यु • Image Khabar Image Khabar


अफगानिस्तानमा तालिवानीद्वारा आक्रमण, पूर्व सिनेट सदस्यसहित ६ जनाको मृत्यु


Imagekhabar
३० भाद्र २०७७, मंगलवार ०७:०६

अफगानिस्तानमा तालिवानीद्वारा आक्रमण, पूर्व सिनेट सदस्यसहित ६ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पश्चिमी बाडगिस प्रान्तमा पूर्व अफगान सिनेट र उनका पाँच जना सुरक्षाकर्मीको हत्या भएको छ ।

कतारमा अफगान सरकार र विद्रोही तालीवानी समूहसँग शान्ति वार्ता जारी रहेका बेला पूर्व सिनेटसहित सुरक्षाकर्मीको हत्या भएको हो ।

मध्य प्रदेशका कार्यबाहक राज्यपाल फैज मोहम्मद मिर्जाजादाले रंगीन मुस्कवानी सवार गाडीमा आत्मघाती बम बिस्फोट गराइएको पुष्टि गर्नुभयो ।

बम बिस्फोट भएलगत्तै उनका सुरक्षाकर्मी र तालिवानी लडाकूहरुबीच गोली हानाहान भएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कतारमा जारी वार्तामा सरकारले स्थायी युद्धविरामको घोषणा गरेपनि विद्रोहीले भने आफ्ना मुख्य माग पूरा नभएसम्म सरकारको प्रस्ताव नमान्ने बताउँदै आएको छ ।

तालिवानी समूहले अफगानिस्तानलाई इस्लाम कानूनअन्र्तगत सञ्चालन गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

अफगानिस्तानमा सन् २००३ यता सरकार तालिवानीबीच लगातार युद्ध हुँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्