२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुनको मूल्य बढ्यो


0
Shares

काठमाडौं । सुनको मूल्य आज बढेको छ ।

आइतबार ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।