जापानमा सिन्जो आवेको उत्तराधिकारीको रुपमा तीन जना प्रतिस्पर्धामा • Image Khabar Image Khabar


जापानमा सिन्जो आवेको उत्तराधिकारीको रुपमा तीन जना प्रतिस्पर्धामा


Imagekhabar
२९ भाद्र २०७७, सोमबार ११:०६

जापानमा सिन्जो आवेको उत्तराधिकारीको रुपमा तीन जना प्रतिस्पर्धामा

काठमाडौं । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् ।

प्रधानमन्त्री सिन्जो आवेको उत्तराधिकारीका रुपमा उनका दलका तीन जना आकांक्षी रहेको बताइएको छ ।

आबेले स्वास्थ्यको कारण देखाउँदै गत महिना राजिनामा दिनुभएको थियो । वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव रहेका योसिदे प्रमुख दाबेदारको रुपमा अघि सारिएको छ ।

आबेका विश्वास पात्रका रुपमा रहेका योसिदेले सरकारले यसअघि लिएको नीतिलाई निरन्तरता दिने बताइएको छ ।

सुगे चतुर एवम् अनुभवी राजनीतिज्ञ मानिन्छन् । सुगेको कार्यशैली आगामी वर्ष हुने निर्वाचनको नतिजाले देखाउने विश्लेषकहरुले बताएका छन् ।

सुगेका प्रतिष्पर्धीका रुपमा रहेका किनिदा फुमियो र शिगेरु इशिवा पनि उत्तिकै दावेदारको रुपमा रहेको बताइएको छ ।

तर, निवर्तमान प्रधानमन्त्री आवेको समर्थन रहेकाले सुगे नै नयाँ प्रधानमन्त्रीको उम्मेद्वार बन्ने सम्भावना बलियो रहेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै प्रमुख विपक्षी दल कन्जर्वेटिभ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)ले आफ्नो उम्मेद्वार छनौट गरेपछि आगामी बुधबार संसदले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्ने बताइएको छ ।

नयाँ निर्वाचित प्रधानमन्त्रीले आगामी वर्ष हुने मध्यावधि निर्वाचन गराउनुपर्ने चुनौती रहेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्