Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सर्वोच्चमा नियमित सुनुवाइ शुरु


0
Shares

काठमाडौं, भदौ २८ । सर्वोच्च अदालतले सेवा प्रवाह कटौती गरेको झण्डै एक महिनापछि नियमित सुनुवाइ शुरू गरेको छ ।

आइतबारदेखि सबैप्रकृतिका रिट निवेदन, पुनरावेदन निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरूको प्रारम्भिक सुनुवाइ, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाइ शुरु भएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोख्रेलले जानकारी दिनुभयो ।

उहाँले मुद्दा दोहोर्‍याइ पाउँ भन्ने निवेदन, मुद्दा फिर्ता तथा मिलापत्र सम्बन्धी काम कारबाही र सुनुवाइ हुने बताउनुभयो ।

आइतबारका लागि ११ जना न्यायाधीशका ६ वटा इजलास तोकिएको हो ।

साउन २८ मा १३ जना न्यायाधीशहरूको सात वटा इजलास गठन भएपनि साउन २९ यता सर्वोच्चमा दैनिक तीन जना न्यायाधीशका दुई वटा मात्र इजलासमा सुनुवाइ हुँदै आएको थियो ।

कोभिड–१९ को जोखिम बढ्दै गएपछि सर्वोच्चले गत चैत ७ गतेदेखि नियमित सेवा प्रवाह कटौती गरेको थियो ।