वाट्फोर्डको विजयी सुरुवात, क्याथकार्टले गरे निर्णायक गोल

काठमाडौं । वाट्फोर्डले च्याम्पियनसिप फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
इंग्लिस प्रिमियर लिगबाट घटुवा भएको वाट्फोर्डले च्याम्पियनसिपको नयाँ सिजन अन्तर्गत गएराति भएको पहिलो खेलमा मिडल्सबर्गलाई १–० ले पराजित गरेको हो ।
वाट्फोर्डको जितमा ११ औँ मिनेटमा सेमाको सहयोगमा डिफेन्डर क्रेग क्याथकार्टले गरेको गोल नै निर्णायक बन्यो ।