Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘सानो मन’को रिलीज मिति सर्‍यो


130
Shares

काठमाडौं । अब नेपाली चलचित्र ‘सानो मन’ असार २७ गते रिलीज हुने भएको छ ।

यसअघि असार २० गते रिलीज हुने भनिएको थियो । प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको निर्माण पक्षले जनाएको छ ।

‘हतारमा नराम्रो चलचित्र रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ’, निर्माता राजेन्द्र मानन्धरले बताए ।

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् ।

समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।

काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् ।

रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् ।

म्युजिकल लभस्टोरी रहेको यस चलचित्रका दुई गीत तथा ट्रेलर पनि सार्वजनिक भईसकेका छन् ।