अमेरिकाद्वारा चिनियाँ विद्यार्थीको भिसा रद्द • Image Khabar Image Khabar


अमेरिकाद्वारा चिनियाँ विद्यार्थीको भिसा रद्द


Imagekhabar
२५ भाद्र २०७७, बिहीबार १९:५५

अमेरिकाद्वारा चिनियाँ विद्यार्थीको  भिसा रद्द

काठमाडौं, भदौ २५ । अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ ।

सुरक्षा जोखिमका कारण एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको जनाएको छ ।

यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन । सन् २०१८ देखि २०१९ मा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए ।

चिनियाँ सेनासँग निकट सम्बन्ध रहेका विद्यार्थी र अनुसन्धानकर्तालाई अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।अमेरिकाको एक राज्य विभागकी प्रवक्ताले भिसा रद्द गरिएका विद्यार्थीलाई ’उच्च जोखिमयुक्त स्नातक विद्यार्थी र अनुसन्धन विज्ञहरु’ भनेर वर्णन गर्नुभएको छ ।

उहाँले भिसा रद्द गरिएकाहरु चिनियाँ विद्यार्थीहरुको कुल सङ्ख्याको ‘सानो उपसमूह’ भएको बताउनुभएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्