Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सर्बेन्द्रको ‘नजरमा लुकाउँ कि’ मा संजय र निरुको रोमान्स(भिडियो)


0
Shares

लन्डन । बेलायतमा बसेर पत्रकारिता गरिरहेका संजयभक्त कँडेल अभिनय क्षेत्रमा पनि देखिएका छन् ।

सर्बेन्द्र अधिकारीको भर्खरै सार्वजनिक गीत ‘नजरमा लुकाउँ कि’ मा संजयसँगै निरु कोइरालाले आकर्षक अभिनय गरेका छन् ।

लन्डन आसपासका क्षेत्रमा छांयाकन गरिएको गीतको भिडियोमा प्रेमिल भाव ब्यक्त गरेको पाइन्छ । सुनिल राईको संगीत रहेको गीतमा शब्द र स्वर भने सर्बेन्द्र अधिकारीले दिएका छन् ।

पूर्व प्राध्यापक समेत रहेका सर्वेद्रको यो दोस्रो गीत हो भने स्वर पहिलो पटक दिएका हुन । उनका अन्य थुप्रै गीतहरु तयारी अवस्थामा छन् ।

नेपाल पत्रकार महासंघ बेलायतका महासचिब तथा अन्तराष्ट्रिय कलाकार संघ बेलायतका महासचिब रहेका कँडेलले गीतले माया–प्रेमको भाव अभिब्यक्त गर्न रोमान्स मुडमा प्रस्तुत हुने किसिमको सन्देश बोकेको बताए । संजय दर्पणसंसार डटकमका प्रधान सम्पादक तथा नेपाल प्रेस युनियनका युरोप संयोजक पनि हुन ।

प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी टीममा भने प्रभु र सुस्मिता थापाले साथ दिएका छन् । गीतलाई विनोद भुजेलले एरेन्ज गरेका छन् श्रृंगारमा एलिसा बानियाँले सहयोग गरेकी छन् ।

बुढासुब्बा डिजिटल प्रालीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो नविन निरौलाले सम्पादन गरेका छन् भने मुख्य छायांकनमा गुणदेव घिमिरेले साथ दिएका छन् । भिडियोको छांयाकनमा आशिष श्रेष्ठ र सुमन श्रेष्ठले सहायकको भूमिका निर्वाह गरेका छन् ।

?wmode=opaque&theme=dark” frameborder=”0″ allowfullscreen>