Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


मोरङ पूर्णखोप सुनिश्चित जिल्ला घोषित


0
Shares

विराटनगर, असार ३२ । मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

सोमबार विराटनगरमा आयोजित पूर्णखोप सुनिश्चित जिल्ला मोरङ घोषणासभा समारोहबाट मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

प्रदेश नम्बर–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गमलामा पानी हालेर मोरङलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए ।