
काठमाडौं, असार ३२ । पुरुष समलिंगी र तेस्रोलिंगीहरुमा एचआइभीको संक्रमण दर व्यापकरुपमा बढिरहेको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले ४१ जिल्लामा गरेको सर्वेक्षणमा ८.२ प्रतिशत पुरुष समलिंगी र तेस्रोलिंगीहरुमा एचआइभीको संक्रमण देखिने सम्भावना उच्च रहेको देखाएको हो ।
भारतमा काम गरेर फर्केका पुरुषमा ०.३ प्रतिशत र उनीहरुका श्रीमतीमा ०.५ प्रतिशत एचआइभीको व्यापकता दर रहेको अध्ययनले देखाएको छ ।
यस्तै, यौनकर्मी महिलाहरुमा भने ०.७ प्रतिशत एचआइभीको सम्भावना रहेको छ ।
अध्ययनले एचआइभी रोगको संक्रमण भने घट्दै गएको देखाएको छ । जसमा भारतमा काम गरेर फर्केका ५८.४ प्रतिशत पुरुष आप्रवासी र ५७.६ प्रतिशत महिलाले सुरक्षित साधनको प्रयोग गर्ने गरेका छन् ।
त्यसैगरी, ६७.७ प्रतिशत यौन व्यवसायी महिलाहरुले सुरक्षित साधनको प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।
४४ प्रतिशत पुरुष समलिंगी र तेस्रोलिंगीहरुले एचआइभीसम्बन्धी केन्द्रबाट परामर्श तथा प्रशिक्षण लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्